दफा ४१
दण्ड सजाय
– देहायका कलममा सम्वन्धित विभागको आदेशले देहाय बमोजिमको सजाय हुन सक्नेछ
(क) दफा ५ को बर्खिलाप कुनै साझेदारी दर्ता नगराई कारोबार गरेमा प्रत्येक साझेदारलाई रु. ५०/” पचास रुपैयाँसम्म जरिवाना,
(ख) दफा ६ बमोजिम दरखास्तमा झुटो व्यहोरा लेखेको देखिएमा सो बमोजिम दर्ता भएको फर्मको प्रत्येक साझेदारलाई रु. १००/– एक सयसम्म,
(ग) दफा १० बमोजिम दिन पर्ने सूचना नदिने फर्मलाई रु. १००/– एक सयसम्म,
(घ) दफा ११ को बर्खिलाप गरेमा प्रत्येक साझेदारलाई रु. ५०/– पचास रुपैयाँसम्म जरिवाना ।
४२ पुनरावेदन गर्ने: – दफा ४१ का खण्डहरु बमोजिमको सजाय सम्वन्धित विभागबाट गरेकोमा चित्त नबुझ्नेले सो गरे भएको सूचना पाएका पैंतीस दिनभित्र सम्वन्धित विभाग उपर उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।